Categories स्वास्थ्य

भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जना सहभागी

Advertisement

वीरगन्ज । वीरगन्जमा आकस्मिक आयोजना गरिएको कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।

रक्तसञ्चार केन्द्रमा रगत आभाव रहदै आएको र हाल रक्तदान कार्यक्रममा कमी भएकोले बिरामीहरुले समस्या खेप्नुपर्ने अवस्थामा थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको भोलेन्टियर समुह वीरगन्जका संयोजक राजन श्रीवास्तवले जानकारी गराए ।

Advertisement

रक्तसञ्चार केन्द्र वीरगन्जमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले बिरामिहरुलाइ सहयोग गर्ने सोच राखी स्वेच्छाले रगत दान गरेका हुन ।

Advertisement

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा स-संयोजक अनिशकान्त कुश्वाहा, ज्योति दैनिकका कृष्ण कुश्वाहा, सुरज साह तुरहा, दिलीप साह र रितेश सरार्फलगायतले रगत दान गर्नुभएको हो ।

सो अवसरमा बिक्की गुप्ता, रामबिनय यादव, अनिसकान्त कुश्वाहा, कमल चौगाइ, बिनय गुप्ता, सुरज सरार्फ, सौरभ पान्डेय, मनिस साह, धिरेन्द्र झा, हरि राउतलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *