Categories समाचार

नौका टोलामा नवनिर्मित ढलान सडकको सांसद यादवले गरे उद्घाटन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर ३१ को नौका टोलामा सडक ढलान कार्य सम्पन्न भएको छ ।

नवनिर्मित सडककाे शनिबार पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गर्नुभएको छ ।

Advertisement

सांसद यादवको संसदीय विकाश कोषको ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर ढलान सडक निर्माण सम्पन्न भएको हाे ।

Advertisement

सडक निर्माण भएसँगै वर्षौंदेखि
हिलो तथा धुलोको समस्याबाट सास्ति भोग्दै आएका स्थानीयले राहत पाएका छन् ।

स्थानीयले समस्या झेल्दै आएको गुनासाे आएपछि पूर्वमन्त्री समेत रहेका यादवले आफ्नो संसदीय कोषबाट सडक ढलान निर्माण कार्य सुरु गाराएका थिए ।

वीरगञ्ज महानगर भएसंगै ग्रामिण भेगलाई मुख्य बाजारसम्म सडक संजाल मार्फत जोडने आफ्नो अभियान निरन्तर रहेको भन्दै अन्य क्षेत्रका सडक निर्माणलाई समेत आफूले प्राथमिकतामा राखेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *