Categories शिक्षा

नेपाल कावेरी एकेडेमीले मनायो ९ औँ वार्षिकोत्सब

Advertisement

वीरगन्ज । नेपाल कावेरी एकेडेमीले ९ औँ वार्षिकोत्सब एक कार्यक्रम गरि मनाएको छ ।

संघीय सांसद बीना जैसवालको प्रमुख आतिथ्यमा गरिएको सांस्कृतिक कार्यक्रममा वीरगन्ज महानगरपालिका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा,पत्रकार युराज खड्का लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

शनिबार आयोजना गरिएको सो कार्यक्रममा नृत्य, हस्ताक्षर, सामाजिक विषयका नाटक, फेसन शो, लगायतका विभिन्न कलाहरु प्रस्तुत गरिएको थियो ।

Advertisement

पछिल्लो केही वर्षयता विद्यालयले उल्लेख्य प्रगति गरेको र कार्यक्रमको स्तर पनि बढेको विद्यालयका निर्देशक ओजस तुल्स्यानले दाबी गरे । उनले यस वर्ष थपिएका सेवाहरू र नयाँ सत्रबाट प्रदान गरिने सेवाहरू बारे बताउँदै गहन पठन कार्यक्रम, क्यूआर पिक अप र ड्रप, जीपीएस यातायात र अन्य धेरै सेवाहरु समावेश गरिने जिकिर गरे ।

प्रमुख अतिथि जैसवालले पनि विद्यालयका युवा सञ्चालकले गरेको काम र यसले आजको पुस्तामा शिक्षाको गुणस्तरमा आएको सकारात्मक परिवर्तनले राम्रो असर पुर्याएको भन्दै प्रशंसा गरिन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *