Categories समाचार

अश्लील हर्कत गरेको आरोपमा सशस्त्रका डीएसपी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन्। पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो। उनी विरुद्ध अश्लील हर्कत गरेको जाहेरी परेपछि आइतबार पक्राउ गरिएको हो।

प्रहरी वृत स्वयम्भू प्रमुख डीएसपी पुर्णिमा चन्दले सशस्त्रका डीएसपी पक्राउ परेको पुष्टि गरिन्। चन्दका अनुसार केसीले स्वयम्भुस्थित न्यु इभान पोइन्ट रेष्टुरेन्टमा अश्लील हर्कत गरेको आरोप छ। 

Advertisement

अन्नपूर्णलाई प्राप्त सूचना अनुसार सशस्त्र डीएसपी केसी शनिबार दिउँसो उक्त रेष्टुरेन्टमा खाजा खान गएका थिए। साथीहरुसँग बसेर मदिरा पिएका केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका थिए।

Advertisement

साथीहरू पर्खने बहानामा उनले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो खिचेका थिए। उनको यो हर्कत विरुद्ध उक्त युवती प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएकी थिइन। युवतीको जाहेरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *