Categories समाचार

डीएसपी हुँ भन्दै मधेशी युवासंग नागरिकता माग्दै दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

Advertisement

‘तँ इन्डियन नागरिकता छ कि छैन’ भनी अपशब्द बोल्ने पुरूष प्रहरी नभएको खुलासा

वीरगन्ज । काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई धम्क्याएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी हूँ भन्दै अश्लिल शब्दले गालीगलोज गरेका थिए । तर, धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

Advertisement

दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् । पक्राउ पर्ने ती पुरूष कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

Advertisement

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । वीरगञ्जका एक युवाले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *