Categories समाचार

बाराको कलैया र जीतपुरमा निकालियो सद्भाव र्‍याली

बारा । बाराको कलैया र जीतपुरमा बुधबार बिहान धार्मिक सामाजिक सद्भाव र्‍याली निकालिएको छ। कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र जीतपुरमा स्थानीय धार्मिक संघसंस्थाको आयोजनामा सद्भाव र्‍याली निकालिएको हो।

कलैयामा जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव र्‍यालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो। रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुई पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै प्रशासनको अगुवाईमा सद्भाव र्‍याली निकालिएको हो।

Advertisement

सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्‍यालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको सहभागीता रहेको थियो।

Advertisement

यसअघि मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो। उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए।

त्यस्तै जीतपुरमा निकालिएको र्‍यालीले बजार परिक्रमा गर्दै सामाजिक धार्मिक सहिष्णुता कायम राख्न सन्देश दिएको थियो। र्‍यालीमा सर्वपक्षीय सहभागिता रहेको थियो। साभार:अन्नपूर्ण पाेष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *