Categories समाचार

जिल्ला प्रहरी कार्यालय पर्साको कार्यभार सम्हाले एसपी कुमाेध ढुंगेल

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आएका प्रहरी उपरीक्षक(एसपी) कुमाेध ढुंगेलले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयले यहि फाल्गुन १ गते देशभरका ७८ जना प्रहरी उपरीक्षकहरुकाे एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक ढुंगेलकाे जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेकाे थियाे भने पर्सामा कार्यरत प्रहरी उपरीक्षक काेमल शाहकाे प्रहरी प्रधान कार्यालय इन्टरपाेल शाखा नक्साल काठमाडौंमा सरुवा गरिएकाे थियाे ।

Advertisement

प्रहरी प्रधान कार्यालयले सरुवाकाे निर्णय सार्वजनिक गरेकाे एक हप्तापछि मात्रै बुधबार वीरगन्ज आएका प्रहरी उपरीक्षक ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर कार्यभार सम्हालेका हुन् ।

Advertisement

त्यसअवसरमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षकद्वय कुमार विक्रम थापा र ध्रुब कुमार श्रेष्ठ लगायतका प्रहरी अधिकृतहरुलाई ढुंगेललाई स्वागत गरेका थिए।

पर्साबाट काठमाडौंमा सरुवा भएका प्रहरी उपरीक्षक शाह भने गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका थिए।उनि २०७९ पुष ४ गतेदेखि २०८० पुष ४ गतेसम्म गरी १४ महिना पर्सा प्रहरीको नेतृत्व सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *