Categories समाचार

नलकटुवा पेस्तोल सहित पर्साका दुईजना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हतियारसहित २ जनालाई पक्राउ गरेको छ । पर्साको बहुदमाई नगरपालिका वडा नम्बर ९ स्थित सडकखण्डबाट प्रहरीले १ थान नलकटुवा पेस्तोल फेला पारेको हो । 

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ना. १२ प ४९७१ नम्बरको मोटरसाइकलबाट प्रहरीले नलकटुवा पेस्तोल बरामद गरेको हो ।

Advertisement

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरीलाई खानतलासी गर्दा कालो रङ्को ज्याकेटको वायाँ पट्टीको गोजीमा लुकाईछिपाई राखिएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रहरी नायब उपरीक्षक श्रेष्ठकाअनुसार मोटरसाइकलको पछाडी सवार रहेका पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पनि नियन्त्रणमा लिइएको छ ।

दुवै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *