Categories समाचार

युवा लक्षित कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा लक्षित योजनामा महानगरले जोड दिँदै आएको बताउनुभएको छ । देशका मेरुदण्ड मानिन युवाको विकासले नै देशको विकास हुने भएकाले युवासँग सम्बन्धित कार्यक्रम र योजनालाई प्राथमिकतामा राखिएको प्रमुख सिंहको भनाई छ । 

अलाईड युथ सोसाइटीले आयोजना गरेको छात्राहरुको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले आगामी चैतमा महानगरले एथ्लेटिक्स प्रतियोगीता आयोजना गर्न लागेको जानकारी गराउनुभयो ।

Advertisement

पछिल्लो समयमा खेल क्षेत्रतर्फको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै वीरगञ्जबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजनाबमोजिम तयारी भइरहेको सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलाडी भनेका राष्ट्रका गहना हुन् । वीरगञ्जबाट हामीले सबै किसिमका खेलमा सहभागी हुने खेलाडी बनाउनुछ । खेल क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहन गर्नु छ । जुन काम हामीले यसअघि देखि नै गरीरहेका छौँ ।’ 

Advertisement

प्रयास गर्दै जाँदा हारजित तथा अन्य चुनौती आउनु स्वभाविक भएको बताउँदै उनले भने, ‘हिँड्ने मान्छेलाई नै ठेस लाग्छ र लड्छ । जो हिँड्दै हिँड्दैन, त्यो लड्दैन र जो लड्दैन उसले केही सिक्दैन । त्यसैले हरेस खाने हैन, लक्ष्य निर्धारण गरेर गन्तव्यमा नपुग्दा सम्म निरन्तर मेहनत गर्नुहोस् ।’ 

अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा भएको समापन समारोहमा विजयी हुने गौतम माविलाई अवार्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह अघि भएको फाइनल खेलमा दिल्ली पब्लिक स्कुललाई पराजित गर्दै गौतम स्कुल विजयी भएको हो ।

३ दिनसम्म चलेको प्रतियोगीतामा वीरगञ्जका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीतामा महेश सिंह धामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । समापन समारोहको सहजीकरण मान्सी नेपालीले गरेकी थिइन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *