वीरगञ्ज । एक कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले भाषा र संस्कृतिको विकास पनि बैभव वीरगञ्जका लागि अपरिहार्य रहेको बताए ।
वीरगञ्ज महानगरको सर्वाङ्गिन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको महानगर प्रमुख सिंहको भनाई छ ।
उनले भने, ‘विद्यार्थीलाई भाषा र संस्कारसँगै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसँगै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउँछ । त्यसैले शिक्षासँगै संस्कार सिकाउनुपर्छ ।’
शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दिँदै साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।







