Categories समाचार

लगभग ८५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा

Advertisement

वीरगन्ज । लगभग ८५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट कैलालीतर्फ जाँदै गरेको ना ६ ख १०५७ नम्बको ट्रकमा लोड रहेका ८४ लाख ७६ हजार १० रुपैँयाको खुद्रा सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रवक्ता दधिराम न्यौपानेले बताए ।

Advertisement

यसैगरी प्रहरीका अनुसार वीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख २५३९ नम्बरको यात्रुवाहक बसबाट २२ हजार ९४० रुपैँया बराबरका ३ बोरा बेलुन, २ बोरा स्टिकर समेत नियन्त्रणमा लिएको छ ।

Advertisement

बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहकिा लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *