Categories समाचार

टिपरको ठक्करबाट सुमो सवार तीनजनाको मृत्यु

Advertisement

वीरगन्ज । टिपरको ठक्करबाट टाटा सुमोमा सवार तीनजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।

मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेहरूमा सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेल, झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ की दिपा खनाल रहेकी छिन् ।

Advertisement

आज बिहान साढे ६ बजे मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । त्यस क्रममा सोमु उछिट्टिएर बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो ।

Advertisement

घाइतेहरुको बिराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *