Categories समाचार

६ किलो गाँजासहित एक युवक पक्राउ

Advertisement

अमित अग्रवाल
वीरगन्ज । पर्सा प्रहरीले लगभग ६ किलो लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गा.पा.वडा नं.५ बहुअरीका २६ वर्षीय दिपक पटेल रहेका छन् ।

बिहीबार अपरान्ह अन्दाजी ३ बजे वीरगन्ज – २७ रामपुर नजिकै म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा पटेलको मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र गाँजा फेला परेको प्रहरीको भनाइ रहेको छ ।

Advertisement

६ किलो २०० ग्राम लागु औषध गाँजा फेला परेको हुँदा पटेललाई पक्राउ गरि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *