Categories समाचार

रहेनन् पत्रकार नेहाल खान

Advertisement

वीरगन्ज । वीरगन्जका पत्रकार नेहाल खानकाे निधन भएको छ।नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानकाे वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएकाे हाे।

गत साेमबारदेखि अस्पतालकाे आइसियुमा भर्ना भएका खानकाे उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएकाे अस्पताल प्रशासनले पुष्टि गरेकाे हाे।

Advertisement

झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका ५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्।

Advertisement

काेभिड महामारीका बेला काेराेनाकाे चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराएका थिए।तर त्यसबेला काेभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनकाे छाती र फाेक्साेकाे समस्या पूर्णरूपमा निकाे भएकाे थिएन।

करिब १० महिनापहिले फेरि छाती र फाेक्साेकाे समस्या बल्झिएपछि नारायणी अस्पतालमा उनि भर्ना भएका थिए।नारायणी अस्पतालमा करिब दुई महिनाकाे उपचारपछि उनी घरमै चिकित्सककाे रेखदेखमा अक्सिजन लिएर उपचार गराई रहेका थिए।

खानकी पत्नि अजमा खातुनपनि क्यान्सर राेगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकाेपनि करिब ६ महिनादेखि उपचार चलिरहेकाे छ।खानका दुई छाेरी र दुई छाेरा छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *