Categories स्वास्थ्य

वीरगन्ज : वडा नं. ६ मा दादुरा रुबेला सम्बन्धि खोप बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा वडा नम्बर ६ मा वडा स्तरीय एम. आर. खोप अभियान बारे खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज अहेव अकलेश गिरीको अध्यक्ष्तामा आयोजित अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जयप्रकाश शाह अग्रवाल रहनुभएको थियो ।

Advertisement

इन्चार्ज गिरीले कार्यक्रममा दादुरा रुबेला रोग बारे जानकारी गराएका थिए भने महानगर स्वास्थ्य महाशाखा खोप फोकल पर्सन रामबाबु यादवले रोगका लक्षण तथा खोपको महत्त्व र आवश्यकता बारे प्रकाश पारेका थिए । वडा नम्बर ६ मा २७ गतेबाट महाअभियानको रुपमा सुरु हुन गइरहेको खोप कार्यक्रममा कुनै बालबालिका नछुट्न सबैले हातेमालो गर्न आवश्यक रहेको समेत जिकिर गरे।

Advertisement

मन्तव्य राख्दै वडा अध्यक्ष अग्रवालले खोप सम्बन्धि सचेतना मुल्क कार्यक्रम र घरदैलो कार्यक्रम यस अघिनै गरिएको जानकारी गराए । उनले भने,`यस वडामा हरेक बालबालिकालाई प्राथमिकतामा राखेर घर घरमा सूचना प्रवाह गर्न स्वयंसेविकालाई पहिलै अनुरोध गरिसकेको बताए ।´

खोप बारे जागरुक देखिएका अध्यक्ष अग्रवाल बालबालिकाका लागि खोप रहेकाले नडराउन,नभागुन् सहज तरिकाले खोप लागोस भन्ने उदेश्यले व्यक्तिगत खर्चमा चकलेट उपलब्ध गराउने प्रतिबद्धता गरे ।

कार्यक्रममा शिक्षक निरंजन कुमार सिंह, आशमहम्द अंसारी, समीर कुमार उपाध्याय, कंचन कर्ण, प्रिती रानी गुप्ता,पिंकी ठाकुर, लगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर ६ मा यही फागुन २७ गतेबाट सुरु हुने खोप कार्यक्रम २७ गतेदेखि ३० गतेसम्म श्री त्रिभुवन हनुमान मा.वि, चैत १ गते सि ब्राईट फ्युचर स्कुल, २ गते लाठगल्ली स्थित श्री राधा देवी स्कुल, ४ गते मिनाबजार स्थित मोरनिङ्ग ग्लोरी स्कुल र बाकी रहेका बालबालिकालाई ५ र ६ गते वडा कार्यालयमा खोप प्रदान गरिने योजना रहेको जानकारी गराइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *