Categories समाचार

सिराहामा श्रीमतीको हत्या श्रीमान घाइते, दुईजना पक्राउ

Advertisement

वीरगन्ज । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो ।

मृतकका पति महेन्द्र कुमार साह पनि घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उदयभार द्वीवेदीले जानकारी दिए ।

Advertisement

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे राति अनिता घरभित्रै मृत फेला परेको सिरहाका एसपी सन्तोष आचार्यले बताए । उनका अनुसार सिलौटाको मसाला पिँध्ने लोढी (ढुंगा)ले मुखमा हिर्काएको जस्तो देखिएको छ ।

Advertisement

संकास्पद दुईजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको एसपी आचार्यले जानकारी दिए । टुडेपाटीबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *