Categories समाचार

`मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति´ बारे विमर्श गोष्ठी वीरगन्जमा सम्पन्न

Advertisement

वीरगन्ज । `मधेस प्रदेशका भाषा एवं साहित्य सृजनाको स्थिति´ विषयक विमर्श गोष्ठी आज वीरगन्जमा सम्पन्न भएको छ ।

मधेस प्रज्ञा प्रतिष्ठान र नेपाल भोजपुरी समाजको संयुक्त आयोजनामा वीरगन्जको क्लासिक ब्यांकेटको सभाहलमा आयोजित गोष्ठीको अध्यक्ष्ता समाजका अध्यक्ष सिंह ठकुरीले गर्नुभएको थिए भने प्रमुख अतिथि प्रतिष्ठानका प्रदेश अध्यक्ष रामभरोस कापडी रहनुभएको थियो ।

Advertisement

वक्ताहरुले भोजपुरी कला, संस्कृति तथा भाषा रक्षाको अभ्यासको सवालमा बिभिन्न अध्ययन, बिचार गोष्टी तथा कार्यशाला आयोजना भईरहेकोले सरोकारबाला यसलाई साकारात्मक सुरुवात भएको बताउनु भएको छ । समाजलाई कालान्तर सम्म जोडेको भोजपुरीको संगीतलाई धमिल्याउन खोजिएकोले यसको रक्षाका लागि भोजपुरी अभियानताहरु कम्मर कसेर लागेको समेत वहाँहरुको बुझाई रहेको छ । 

Advertisement

भोजपुरी अभियान्ता अशोक कुशवाहाले समाज जोड्ने काममा बिभिन्न भोजपुरी अभियान संचालन भईरहेकोले नयाँ पुस्तालाई बिभिन्न संस्कृतिको बारेमा जानकारी हुने बताउनु हुन्छ ।

भोजपुरी गित संगीतामा आएको बिकृतीले सम्पुर्ण समुदायको मापन तथा मुल्याकन हुनै नसक्ने गितकार तथा संगितकारहरुको भनाई छ । बिकृती हटाउन सबै लाग्नु पर्ने धारणा रहेको छ ।

भाषा विद्ध डा. बिशम्बर शर्मा साहित्य श्रृजना र लेखकको कलमले समाज तथा भुगोलले नछेक्ने भएकोले गतिको आवश्यक रहेको बताउनु हुन्छ ।

मधेश प्रज्ञा प्रतिष्ठान मधेश प्रदेशका अध्यक्ष राम भरोश कापडी सरकारले भाषा, साहित्य रक्षाको काममा लागेकोले सबै संग सहकार्य गरिने बताउनु हुन्छ । प्रज्ञा प्रतिष्ठानको कतिपय रकम फ्रिज भएर जाने अवस्था रहेकोले हामी सबै एकजुट भएर सवल समाज निमार्ण लाग्नु पर्ने बताउनु हुन्छ ।

गोष्ठीमा रामप्रसाद साह, मोतिउर रहमान, गिता भण्डारी, आमोदप्रसाद गुप्ता, अस्मिता पटेल, साविर हुसैन, छोटु राज लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण साहित्यकार रितु राजले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *