Categories समाचार

भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै उजुरी दर्ता

Advertisement

वीरगंज । झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।

वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी वासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान विरुद्ध नागरिकता खारेजि हुनु पर्ने दावि सहित जिल्ला प्रशासनमा उजुरी परेको हो ।

Advertisement

भारतीय बाबू रहेको जन्मदर्तामै स्पष्ट हुँदाहुँदै पनि झुठा विवरण पेश गरेर दुबै जनाले वंशजको आधारमा गएको २०७० जेठ १३ मा नेपाली नागरिकता लिन सफल भएका थिए ।

Advertisement

लगत्तै २०७८ भदौ ३० मा जन्मस्थान धनुषाको हरिने गा.पा वडा नं ३ रहेको स्थायी बासस्थान वीरगंज महानगरपालिका ३ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपी लिएका छन् । धनुषाबाट जारी भएको नागरिकतामा आमाको नाम उल्लेख भएकोमा पर्साबाट लिएको नागरिकतामा आमाको नाम समेत हटाइएको छ ।

यस्तै उनीहरु भारतको विहार राज्य जिल्ला पूर्वि चम्पारण थाना आदापुर पंचायत लक्ष्मीपुर पोखरी वडा नं १० पोष्ट विसुनपुरवाका स्थायी वासिन्दा रहेको उजुरीमा उल्लेख छ ।

सैफ अली २०५२ र मुराद २०५७ मा जन्म भएको देखिएको तर २०६३ को नागरिकता टोलीबाट उनकी आमा हप्सा खातुनले जन्मको आधारमा बाबुको नामबाट अविवाहित नागरिकता लिएको देखिएकाले परिवारैले झुठा विवरणको आधारमा नेपाली नागरिकता लिएको स्पष्ट भएको भन्दै तत्काल पक्राउ गरि कारबाही गर्न उजुरी परेको हो ।

वीरगंज महानगरपालिका वडा नं.१ निवासी शुरेसमान सिंह श्रेष्ठले झुठा विवरण दाखील गरी जन्म दर्ता एवं नागरिक्ता लिने दुबैलाई कानून बमोजिम कारवाही अगाडी बढाइ नागरिकता बदर गरी हदैसम्म दण्ड सजाय गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

झुठा विवरण पेश गरि भारतीय व्यक्तिले नेपाली नागरिकता लिएको भन्ने उजुरी प्रमाण सहित पेश हुन आएकाले दर्ता गरेर तत्काल कारबाहीका लागि अघि बढाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनु भयो ।

सैफ अली र मुराद आफूलाई नेकपा एमालेको कार्यकर्ता बताउने वीरगंज ३ का लियाकत अलीका सहोदर भान्जा हुन् ।

भारत विहे गरेकी आफ्नै दिदीका छोराहरुलाई झुठा विवरणको आधारमा नेपाली नागरिकता दिलाउने मतियारको रुपमा रहेका उनै लियाकत अहिले अन्य व्यक्तिको नागरिकता छानविन हुनुपर्ने माग गर्दै सडकमा देख्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *