Categories समाचार

सरकारले घोषणा गरेको सहिदमा पर्साका १८ जनाको नाम राजपत्रमा प्रकाशन

Advertisement

वीरगञ्ज । सरकारले घोषणा गरेको सहिदमा पर्साका १८ जना परेका छन् । सरकारले घोषणा गरेको थप २ हजार ६७४ जनाको नाम राजपत्रमा प्रकाशन गरिए अनुसार पर्साका १८ जना परेका हुन् ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका थप २ हजार ६७४ जनालाई गत पुस २४ बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको थियो। सोबमोजिम अहिले राजपत्रमा नाम प्रकाशन गरिएको गृह मन्त्रालयले जनाएको छ।

Advertisement

सरकारले राजपत्रमा प्रकाशन गरेको सहिदको नामावली अनुसार पर्सामा सबैभन्दा धेरै जीराभवानी गाउँपालिका र पर्सागढी नगरपालिकाका सहिदको सूचीमा परेका छन् । प्रकाशित सूची अनुसार पर्साको जीराभवानीको ६ जना र साविकको बागवाना गाविस हालको पर्सागढी नगरपालिकाका ६ जना परेका छन् । साभार

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *