वीरगञ्ज । पर्सा प्रहरीले भिष्वा होटलको क्यासिनोबाट चार जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिका– १५ भिष्वा होटलको क्यासिनोबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
विभिन्न व्यक्तिहरूलाई अनाधिकृत रुपमा प्रवेश गराई जुवा खेलाउँदै गरेको सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
वीरगञ्ज महानगरपालिका– १५ स्थित भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसँग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा पक्राउ पर्नेहरुमा कास्कीकाे पोखरा महानपालिका वडा नम्बर १५ बस्ने वर्ष ३२ का प्रताप लामा, सर्लाहीकाे बरहथवा नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३४ का उमेश कार्की, पर्साकाे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने वर्ष ३४ का पप्पु सिंह र वडा नम्बर ८ बस्ने वर्ष ४० का सुरजकुमार कलवार रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।






