Categories समाचार

नेपाल नेत्र ज्योती संघ पर्साको २० औं साधारण सभा सम्पन्न

बिरगंज । नेपाल नेत्र ज्योति संघ पर्सा जिल्ला शाखाको २० औं वार्षिक साधारण सभा बिरगंज गिता मन्दिरको सभाहलमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा नेत्र ज्योती संघ पर्साका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको हो भने प्रमुख अतिथि केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले तुल्सिको बिरुवामा जल अर्पण गरि कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मदन प्रसाद गुप्ता, शुभकामना मन्तव्य श्रीमती मधु राणा, आर्थिक वर्ष २०७९/०८० प्रगती प्रतिबेदन प्रस्तुत सचिव सिताराम उपाध्याय र वास्तविक आय-व्यय कोषाध्यक्ष दिपिका श्रेष्ठले र आँखा अस्पताल सम्बन्धि प्रगती एवं प्रस्ताव प्रस्तुत केडिया आँखा अस्पतालका मे.सु. डा.नितिन तुल्स्यान गर्नु भएकोमा सहभागी सबैले ताली बजाइ प्रतिबेदन पारित गरेका थिए ।

Advertisement

प्रमुख अतिथि श्यामकुमार पोखरेलले मधेस प्रदेश भरी रहेका आँखा अस्पतालको अवस्थाको बारे साथै आउने दिनमा स्थापना हुने नयाँ अस्पताल बारे जानकारी गराउदै सहभागी सबैलाइ आखा उपचारको क्षेत्रमा सबैको प्रतिबद्धताको आवश्यकता रहेको जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।

Advertisement

कार्यक्रममा संस्था बिकासमा योगदान पुर्याउनु भएकोमा इश्वर चन्द्र गौतमलाई दोश्ल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो र यस वर्षमा आजिवन सदस्यता प्राप्त गर्नु भएका नयाँ सदस्यहरुलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन सभापति भगवती प्रसाद चौधरीलेगर्नु भयो ।

कार्यक्रममा निवर्तमान सभापति श्रीमती मधुराणा, ईश्वर चन्द्र गौतम, केडिया आँखा अस्पतालका अध्यक्ष राजेश केडिया, डा सुमन प्रसाद, डा. प्रमोद सरार्फ, दिनानाथ प्रसाद, गणेश प्रसाद साह, मधुसूदन उपाध्याय, महन्थ प्रसाद यादव, फुलमहम्मद मिया, सन्तोस जायसवाल, सुनिता देबि, समिता दास, प्रकाश वर्मा, उदय राज शर्मा, रितेस गुप्ता, अरुण महतो, बिनय राज गौतम, अन्जलि चौधरी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन मधेस प्रदेश उपाध्यक्ष उमेस गुप्ताले गर्नुभएको राजन श्रीवास्तवले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *