Categories समाचार

नियम विपरीत काजमा खटिएका ८ सय ७७ जना प्रहरी दरबन्दीमा फिर्ता

काठमाडौं । नियम विपरीत काजमा खटिएका ८७७ जना प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ । २०७९ चैत १० गतेदेखि २०८० फागुन ३० गतेसम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जना प्रहरीलाई दरबन्दीमा फिर्ता गरिएको हो ।

वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजीपी) भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।

Advertisement

उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने हेडक्वाटरको नीति रहेको प्रवक्ता ढकालको भनाइ छ ।

त्यस्तै पछिल्लो १ वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा गरिएको छ । ३० हजार ६६२ प्रहरीको सरुवा गरिएको ढकालले बताए ।साभार : अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *