Rato Pana
समाचार

गुण्डागर्दीमा संलग्न एकजना हतियार सहित पक्राउ

काठमाडौँ । काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न एकजनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले हतियार सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बु रहेका छन् ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र  मोबाइल २ थान सहित पक्राउ गरिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment