Categories समाचार

डिमाण्ड पूरा नगरेपछि प्रधानाध्यापक झा र शिक्षक तिवारी परिक्षार्थीको भविष्य धरापमा पारेको आरोप

Advertisement

बीरगंज । चैत १५ गते देखी संचालित माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) मा पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना परिक्षार्थीहरुको भविष्य धरापमा परेको छ ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंज मा रहेको श्री गोल्डेन वाटिका इंग्लिस बोर्डिङ स्कुल को परीक्षा केन्द्र बीरगंज महानगरपालिका वडा नं. १७, अलौं मा रहेको श्री द्वार देवी माध्यमिक विद्यालय मा छ । त्यस विद्यालयको शिक्षक एवं सहायक केन्द्राध्यक्ष राकेश तिवारीले बिधार्थीहरुलाई सहयोग गरि दिन्छु भन्दै गोल्डेन वाटिका का संचालक लालबाबु प्रसाद यादवलाई चैत १४ गते आफ्नै मोबाइल नम्बर ९८११२३१३८९ मार्फत प्रति बिधार्थी रु. १ हजार का दरले १४ जना बिधार्थीको रु. १४ हजार मांग गरेका थिए ।

Advertisement

गोल्डेन वाटिका का संचालक यादवले पैसा दिन इन्कार गरेपछि निज तिवारी ले प्रत्येक बिधार्थीलाई एउटा एउटा कोठामा राख्ने तथा परीक्षाको समयमा यातना समेत दिने धम्की दिएपछि संचालक यादवले द्वार देवी का प्रधानाध्यापक दयाकान्त झा लाई फोन मार्फत सबै कुरा जानकारी गराए तापनि पहिलो परीक्षा को दिन चैत १५ गते दुई जना विद्यार्थीहरुको सिट प्लानिङ्गमा सि. नं. नै नराखी गेटमा सि. नं. टासँ गरिएको थियो ।

Advertisement

यस घटना पछि यादवले पर्सा का प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लाई फोन बाट सबै कुरा अवगत गराए पछि उनीहरुलाई सिट मिलाएर परीक्षा हलमा बसाइयो । त्यहीं दिन गोल्डेन वाटिका विद्यालयका नियमित तिरको चार जना विद्यार्थीहरुलाई अँग्रेजी बिषयको ग्रेडवृद्धि प्रश्नपत्र दिइएको थियो ।विद्यार्थीहरुले भने,` यो हाम्रो प्रश्नपत्र होइन हामीहरु नियमित विद्यार्थी होऊ तैपनि वहाँहरु प्रश्नपत्र नियमित को दिनु भएन त्यसै ग्रेडवृद्धिको प्रश्नपत्र बाट नै परीक्षा गराईयो।´

त्यस पछि ती बिधार्थीहरुको अभिभावक गोल्डेन वाटिका विद्यालयमा ति प्रश्नपत्र सहित पुगे पछि अभिभावक सहित प्रमुख जिल्ला अधिकारी कहाँ पुगेर सबैकुरा अवगत गराएका थिए । उक्त परीक्षामा संलग्न शिक्षक राकेश तिवारी र प्रधानाध्यापक दायाकान्त झा लाई आवश्यक कार्यवाही सहित ग्रेडवृद्धिको प्रश्नपत्र बाट परीक्षा दिन लगाएको तपसीलका विद्यार्थीहरुको पुनः परीक्षा दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन शुक्रबार श्री शिक्षा विकास तथा समन्वय इकाई, पर्सामा उजुरी समेत दिइएका छन् ।

यस विषयमा प्रधानाध्यापक झा र शिक्षक तिवारीसंग बुझन खोज्दा सम्पर्क हुन सकेन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *