Categories समाचार

जिल्ला प्रहरी कार्यालय नवलपरासीले राख्यो भोजपुरी भाषाको नागरिक वडापत्र

Advertisement

परासी । सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासीले भोजपुरी भाषाको नागरिक वडापत्रसँगै नागरिक सहजकर्ता तोकेर नागरिकलाई सेवा दिन सुरु गरेको छ। जिल्लाका अधिकांश नागरिकले स्थानीय भाषाको रुपमा भोजपुरी बोल्दै आएका छन्।

यसअघि रहेको नेपाली भाषाको नागरिक बडापत्रबाट नागरिकहरूले सेवासम्बन्धी जानकारी लिन समस्या भएको महसुस गरी प्रहरीले भोजपुरी भाषाको बडापत्र राखेको हो। बडापत्रमा विभिन्न ३२ वटा सेवा प्रवाहसम्बन्धीका जानकारी दिइएको छ। भाषाका कारण सेवा प्रवाहमा समस्या नहोस् भनेर बडापत्रसँगै नेपाली र भोजपुरी भाषा बुझ्ने (दोभाषे) दुई जना प्रहरी जवानलाई ‘नागरिक सहजकर्ता’ तोकेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरक्षिक रेशम बोहराले बताए।

Advertisement

सहजकर्ताका कारण नागरिकहरूलाई मात्र होइन सम्बन्धित शाखाका प्रहरीहरूलाई पनि भाषा बुझेर सेवा दिन सहज भएको छ। जिल्लामा ७ स्थानीय तह छन्। सुनवल र बर्दघाट नगरपालिकाबाहेक ५ पालिकाका दक्षिण भेगमा छन्। सीमावर्ती दक्षिण भेगका अधिकांश स्थानीयहरू स्थानीय भाषाका रुपमा भोजपुरी बोल्दै आएका छन्। ‘भाषाकै कारण नागरिक र प्रहरीबीच हुँदै आएको समस्या पनि बडापत्र र सहजकर्तामार्फत सहज हुने छ। जसले गर्दा प्रहरीको सेवाप्रति नागरिकहरू सन्तुष्ट हुने विश्वास लिएका छौं’, प्रहरी नायब उपरक्षिक बोहराले भने। साभार : अन्नपूर्ण पोष्टबाट

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *