Categories समाचार

स्रोत नखुलेको पौने २८ लाख रुपैयाँसहित दुई जना पक्राउ

Advertisement

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवाबाट प्रहरीले स्रोत नखुलेको पौने २८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका –३ का कमर राजा र आरिफ शेख रहेका छन् । उनिहरुको साथबाट श्रोत नखुलेको नगद २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

सुरुमा १० लाखसहित पक्राउ परेका कमरको बयानका आधारमा प्रहरीले थप पौने १८ लाख रुपैयाँसहित आरिफलाई पनि नियन्त्रणमा लिएको ज्ञवालीले बताए ।

Advertisement

ज्ञवालीका अनुसार,मलंगवा नगरपालिका–९ स्थित सडकमा कालो रङको झोला पिठ्युँमा बोकी हिँडिरहेका कमरलाई प्रहरीले शंका लागेर प्रहरीले जाँच गर्दा उनको साथबाट १ हजार दरको १ हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो ।पक्राउ परेका राजालाई रकमको स्रोत खुलाउन भनेपछि उनले त्यही ठाउँका आरिफ शेखले सञ्चालन गरेको सिटी मोबाइल सेन्टरबाट ल्याएको भनेपछि प्रहरीले मोबाइल सेन्टरमा पुगेर छापा मारेको थियो।

Advertisement

मोबाइल पसलमा खानतलासी गर्दा त्यहाँ १ हजार दरको १ हजार ४ सय ५४ थान, ५ सय दरको ६ सय २२ थान, १ सयको १ सय ९ थान, ५० र २० को एक–एक थान गरि थप १७ लाख ७५ हजार ९ सय ७० रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।स्रोत नखुलेको रकमसहित पक्राउ परेकाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *