Categories समाचार

खेर जाने प्रसाद संकलन गरेर केन्द्र तथा आश्रममा वितरण

Advertisement

श्याम सरार्फ
वीरगन्ज । होली पछि मारवाडी समुदायले शीतला माताको पुजापाठ गर्दै बासेडा मनाउने परम्परा चलिआएको छ । यस अवसरमा खाना पकाउने भान्सा राम्ररी सफा गरि बासेडा गर्नु पूर्वसन्ध्यामा माटोको भाडोमा खाना पकाउने चलन छ । सोही खाना भोलिपल्ट शीतला मातालाई भोग लगाए पुरा परिवार सोही बासी खाना खाने परम्परा भएकोले बासेडा भन्ने गरिन्छ ।

परापूर्व देखि मनाइँदै आएको यस परमपरामा मौसम परिवर्तन भएछि शीतला मातालाई भोग चढाएर पानी र दही चढाएछि शीतल्ता प्राप्त हुनुका साथै दुख र रोग नाश हुने मान्यता रहेको छ ।

Advertisement

सो क्रममा चढाइएको प्रसादमाथि चढाइने पानी र दहीले प्रसाद खराब भएर कामै नलाग्ने र समयमा सरसफाइ नहुदा स्वास्थ्यलाई हानी पुग्ने जस्तो समस्या देखिन थालेपछि समाजिक कार्यमा सक्रिय संस्था फोर जि आरले पछिल्लो ६ वर्षदेखि सो प्रसादलाई संकलन गरि आवश्यकता भएको ठाउँमा वितरण गर्दै आएकोमा यस वर्षपनि यसलाई निरन्तरता दिएको छ ।

Advertisement

संस्थाकी अध्यक्ष नुतन सरावगी भन्नु हुन्छ, `हामीले चढाएको प्रसाद हाम्रै खुट्टा लागेर खराब हुनु भन्दा भोको पेट भर्न काम लागेपछि देवीदेउता प्रसंन हुने मनमा लागेर हामीले यो अभियान सुरु गर्यौ। सुरुका दिनमा निकै समस्या र हाम्रै समुदायको महिलाहरुको आलोचना समेत खेप्न पर्यो ।´

विस्तारै परिवर्तन हुँदै गएपछि राम्रो अवस्थामा हामीले संकलन गरेको ६० प्रतिशत खाना मानव सेवा आश्रम र आशा किरण केन्द्रमा वितरण गर्यौ साथै थोरै पानी परेको ४० प्रतिशत खाना गौशालालाई प्रदान गरेको सरावगीले बताउनुभयो । उनका अनुसार यस कार्यले पुजा र सेवा दुवैको फल प्राप्त हुने विश्वास रहेको छ

यसमा प्रयोग भएको माटोको दियोमा मोमबत्ती बनाउने जिम्मा एकल स्कुललाई दिइएको छ । स्कुलमा अध्यनरत बालबालिकाले बनाएको मोमबत्ती दिपावलीमा बिक्रीवितरण गरेर संकलन भएको रुपैयाँ सोही बालबालिकाहरुको पढाइमा खर्च गर्ने योजना रहेको संस्थाका अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

गत शुक्रबार र आज सोमबार दुई दिनको सो अभियानमा सोनी चाचान, अनिशकान्त कुश्वाहा, कृष्ण कुश्वाहा, सपना अग्रवाल, सुलोचना गुप्ता, छोटु, रन्जु भण्डारी, कंचन चौधरी, अफसाना खातुन लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *