Categories समाचार

घरको ताल्चा फुटाउँदै गरेका भारतीय प्रवेज प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगन्ज । वीरगन्जको आदर्शनगर क्षेत्रमा रहेको एक घरमा चोरी गर्ने उदेश्यले ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी स्थायी घरभई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ३० बर्षिय प्रवेज खान रहेका छन् ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ठाकुुरराम बहुमुखी क्याम्पस पछाडि रहेको श्रवण सर्राफको घरमा आइतबार राति १२.३० बजेको समयमा खानले रड लगायतका फलामे औजारले ढोकाको ताल्चा फुटाँउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ताको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरक्षिक पुष्कर बोगटीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *