Categories समाचार

सुनको भाउ अहिलेसम्मकै उच्च, आज प्रति तोलाको १ लाख ३३ हजार

Advertisement

काठमाडौं । नेपाली बजारामा सुनको भाउ आज बुधबार अहिलेसम्मकै उच्च भएको छ ।

आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो मंगलबार सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।

Advertisement

यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो ।

Advertisement

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर आज एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *