Categories समाचार

तरकारीको आडमा लागु औषध तस्करी गर्ने एक भारतीय युवक पक्राउ

श्याम सरार्फ
वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ का २६ वर्षीय राजकरण साह रहेका छन् ।

बुधबार दिनको अन्दाजी १ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ फुलवारी टोल स्थित बाराको बलीरामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको BR05AT 7326 नम्बरको प्लाटिना मोटरसाइकल चढी आएका साह पक्राउ परेका हुन ।

Advertisement

मोटरसाइकलमा दुवैतर्फ तरकारीहरू संकाष्पदरूपमा लिइ आउदै गरेको अवस्थामा चेकिङ टोलीले खानतलासी गर्दा तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेको थियो ।

Advertisement

साह विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *