Categories समाचार

एक करोडको चिनी नष्ट गर्दै भन्सार कार्यालय

Advertisement

नवलपरासी। पश्चिम् नवलपरासीको महेशपुर भन्सार कार्यालयमा १ करोड बराबरको चिनी गोदाममै सडेको पछि भन्सार कार्यालयले चिनी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । भारतबाट भन्सार छलेर चोरी गरी ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट बरामद भएका चिनी तीन वर्ष पुग्न लाग्दासमेत लिलाम हुन नसकेपछि भन्सार कार्यालयको गोदाममै चिनी सडेको हो ।

यसबाट सरकारलाई आम्दानी हुने झण्डै ५० लाख बढी राजस्व गुमेको छ । जिल्लाको सीमावर्ती नाकाबाट भन्सार चोरी गरी ट्रक र पिकअपबाट विभिन्न स्थानमा लैजाने क्रममा २०७८ असारमा पश्चिम नवलपरासी र पूर्वी नवलपरासीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले चिनी बरामद गरी भन्सार पठाएको थियो। बरामद भएको चिनीमा ५० केजीका २ हजार बोरा छन्।

Advertisement

“अब त्यो चिनी राखेर पनि काम छैन,२ बर्ष भन्दा बढी भो।केही दिनमै समितिको बैठक बसेर नष्ट गर्दैछौ”कार्यालयका प्रमुख बुद्दि कुमार चुडालले रेडियो नेपाल सँग भन्नू भयो ।चिनी गोदाममै सडेपछी गोदाम र कार्यालय परिसर समेत दुर्गन्धित भएको छ ।

Advertisement

बरामद भएका गाडिहरु समेत केही समयमै लिलाम प्रक्रिया अघि बढाइने चुडालले बताउनु भयो ।पछिल्लो समय प्रहरी प्रशासनले ठूलो मात्रामा चिनी बरामद गरेको थियो । सभार– रेडियो नेपाल

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *