Categories समाचार

रास्वपा पर्सा बाट प्रदेश कमिटीमा पन्त निर्बाचित

Advertisement

बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त निर्बाचित भएका छन । पर्सामा रिक्त रहेको दुई प्रदेश सदस्य पुर्तिको लागि हिजो अबेर बिन्दबासिनी मन्दिरको सभा हलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापती समेत निर्बाचित भएका हुन ।

प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको बाताबरण निर्माण गर्न छ जना उम्मेदवार हरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्त सम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमाने पछि हरि पन्त , सुदिश प्रजापति , दिप राज पटेल , मुर्ली जलान र राम सुन्दर आर्य लगाएत ८ जनाले आ आफ्नु उम्मेदवारी कायम राखेका थिए ।

Advertisement

पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरु , जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्सा बाट निर्बाचित प्रदेश प्रतिनिधिहरु गरि २८ मतभार ( मतदाता ) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए । कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जस मध्ये लगभग दुई तिहाइ सर्बधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।

यता अर्का निर्बाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए । पराजित उम्मेदवारहरुमा दिप राज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुर्ली जलान ले भने ६ मत मात्र प्राप्त गरेका थिए । त्यसै गरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरुले १/१ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र , गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरु द्वारा प्रदेश कमिटि सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी हुन्छ ।

निर्बाचन सप्पन्न गराउन केन्द्रिय संगठन बिभागका सचिब शंकर श्रेष्ठ , केन्द्रिय सदस्य डा नन्दन यादब , मधेस प्रदेश सभापति इ तपेश्वर यादब , प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रबक्ता , कोषाध्यक्ष र जिल्लाका संयोजक उपसन्योजक लगायतका केन्द्रिय , प्रदेश र जिल्लाका पदाधिकारी हरु बिरगंज आएका थिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *