अनिल गुप्ता
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर स्थित रहेको सनराइज एकेडेमीका कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरु लाई विदाइ तथा सम्मान गरेका छन । शैक्षिक शत्र २०८० को एस.ई.ई. परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाइ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडा अध्यक्ष द्वारीका महतो,बिशिष्ट अतिथि अरबिन्द सिंह, संतोष कुमार,डेसिम्ल कलेज का सनि दुबे,नगर अध्यक्ष एनप्याब्सन का जियालाल गुप्ता, एनप्याब्सन का सचिव शेख अजहर, एनप्याब्सन का जिल्ला कोषाध्यक्ष राजेश लिम्बु, सरस्वती एन्जल का अनिल साह सहभागी रहनुभएको थियो ।
प्रमुख तथा विशिष्ट अतिथिहरुलाई सोही बिधालयमा अध्यनरत छात्र मोहपति कुमारी पटेल र बिना साह माि टिका र खाँदा ओढाएर स्वागत तथा सम्मान गरेकी थिइन् ।
ग्रामीण क्षेत्रका बिधालयहरुमा पनि यस किसिमका कार्यक्रमले विद्यार्थीहरु लाई थप हौसला प्रदान गर्ने विश्वास लिएको वक्ताहरूले बताए ।
सो अवसरमा अभिभावक दिनेश पन्डित, दिनानाथ साह,दिनेश कुशवाहा,पन्नालाल कुशवाहा,शम्भु पटेललगायतको उपस्थिति रहेको थियो ।
आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सोनी पटेल, दिपा पटेल, अन्तिमा चौरसियाले आ-आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सहजीकरण रबिन पटेलले गरेका थिए भने एकेडेमीका प्रधानाध्यापक आफु पढाएका कक्षा १० विद्यार्थी छात्र छात्राहरुलाई उज्वल भविष्य को कामना गर्दै विदाइ गरेका थिए ।






