Categories समाचार

दिनदहाडै हतियार देखाएर साढे १५ लाख रुपैयाँ लुटेर लुटेरा फरार

Advertisement

वीरगन्ज । सिरहामा हतियार देखाएर मनीट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ सिरहा सदरमुकाममा आज बिहान ११ तिर हतियारधारीले लुटेका हुन् ।

Advertisement

सिराहाको ग्लोबल बैंकबाट निकालेर पुरुषोत्तम यादवले लिएर जाँदै गरेको रुपैयाँ भारतीय मोटरसाइकलमा आएका हतियारधारीले लुटेका हुन् ।

Advertisement

भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *