Categories समाचार

भारत तस्करी गर्न लागिएको एक गाडी रक्सी वीरगन्जको नाकाबाट बरामद

Advertisement

वीरगन्ज । नेपालबाट भारत तस्करी गर्न लागिएको शीलबन्दी मदिरा ठूलो परिमाणमा सशस्त्र प्रहरीले वीरगन्जबाट बरामद गरेको छ ।

आइतबार राति टाटासुमो गाडीमा लोड गरेर भारत तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा भारतसंग जोडिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनियाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार मध्यरातमा बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडी नाकामा रोकेर चेकजाँच गरेको थियो ।

Advertisement

त्यसक्रममा उक्त गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शिलबन्दी मदिरा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरक्षिक किशन कर्मचार्यले जानकारी दिए । मदिरासहितको उक्त गाडीपनि नियन्त्रणमा लिएको उनले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५०० रुपैयाँ मुल्यांकन गरिएको जानकारी उनले दिए ।

Advertisement

सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै त्यसका चालक मदिरासहितको गाडी छाडेर फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको कर्मचार्यले बताए । बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए ।

भारतको बिहार प्रान्तमा करिब एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्रिवितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । जसका कारण पर्सा, बारा लगायत मधेसका जिल्लाका नाका हुदैंं नेपालबाट बिहारमा मदिराको तस्करी हुदैं आएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *