Categories समाचार

सदस्यता नामावली नटुंगिएसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको आह्वान

Advertisement

पर्सा । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सदस्यताकाे नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको कार्यसमितिले निणर्य गरेका छन् । 

नेपाल पत्रकार महासंघ सर्लाही , बारा , रौतहट , पर्सा , सप्तरी र सिरहा शाखाका अध्यक्षहरुले एक विज्ञप्ति जारी गर्दै जिल्ला शाखाले गरेको विधान अनुसार निणर्य बमोजिम शुद्धिकरण र नवीकरण तथा नयाँ सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेका छन् ।

Advertisement

संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , बारा अध्यक्ष रेशम तिवारी , सर्लाही अध्यक्ष , टंक बहादुर क्षेत्री , रौतहट अध्यक्ष प्रेमचन्द्र झा , सप्तरी अध्यक्ष श्रावण देव र सिरहा अध्यक्ष मनोज कुमार बनैताले लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता शुद्धिकरण अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले पूराना सदस्यको नविकरण तथा नयाँ सदस्यताको नामाबली सिफारिस गरेको यहाँहरु सबैमा सर्वविदितै छ ।

Advertisement

तर जिल्ला शाखाले सिफारिस गरेको लामो समयसम्म पनि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा आधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यताको नामाबली नटुंगिएसम्म हामी आ-आफ्‌नो शाखामा जिल्ला अधिवेशन नगर्ने कुरा सम्बन्धीत सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं साथै सदस्यताको टुंगो नलागेसम्म मुलुकभरका जिल्ला शाखा सहित प्रतिष्ठान शाखा र एशोसियट संस्थाहरुलाई समेत अधिवेशन नगर्न/नगराउन हार्दिक आग्रह गर्दछौं भने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *