Categories समाचार

वीरगन्जमा सुविधासम्पन्न बृद्धा आश्रम निर्माण हुँदै

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दबासीनीमा बृद्धा आश्रम निर्माण गर्न थालिएको छ ।तिलावे नदीको पश्चिम–खक्षिण तर्फको सात बिघा जग्गामा संघ सरकारको सुविधासम्पन्न बृद्धा आश्रम निर्माण गर्न थालिएको हो ।

शनिबार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले हनुमान बृद्धा आश्रम निर्माण कार्यको शिलान्यास गरेका हुन् । त्यस अवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकोपनि विशेष उपस्थिती रहेको थियो ।

Advertisement

उक्त बृद्धा आश्रम निर्माणको ठेक्का पर्साको मृत्युञ्जय–कुनाल जेभी कन्ट्रक्सन प्रालिले सकारेको छ । आगामी असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनिसंग सम्झौता गरिएको प्रतिनिधी सभा सदस्य चौरसियाका स्वकीय सचिव चन्दन सहनीले जानकारी दिए ।

Advertisement

उनका अनुसार, विन्दवासीनीमा निर्माण गर्न लागिएको बृद्धा आश्रममा हालका लागि १२ वटा कोठा, पाँच वटा शौचालय र एउटा सभाकक्ष रहनेछन् ।पछि थप बजेट प्राप्त भएपछि आवश्यक संरचनाहरु थपिने योजना रहेको सहनीले जानकारी दिए ।

गत निर्वाचन ताका चौरसियाले आफनो चुनावी घोषणा पत्रमा आफनो निर्वाचन क्षेत्रमा एउटा सुविधा सम्पन्न बृद्धा आश्रम निर्माण गर्ने वाचा गरेको र त्यहि वाचा अनुरुप उनकै पहलमा अहिले बिन्दबासीनीमा बृद्धा आश्रम निर्माण गर्न थालिएको सहनीले बताए ।

घरपरिवारबाट अपहेलित हुने ज्येष्ठ नागरिकको आश्रयका लागि वीरगन्जमा एउटा सुविधा सम्पन्न बृद्धा आश्रम निर्माण गर्ने १० बर्ष पहिलेदेखिकै योजना रहेपनि अहिले आएर त्यसले सार्थकता पाएको मेयर सिंहले बताए ।

समाजसेवी मुरलीधर रुंगटाको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य चौरसियाको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य,वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, वडा नम्बर १९ का वडाध्यक्ष मुकेश चौरसिया, समाजसेवीहरु विनय साह,पशुपति बिक्रम शाह, वरिष्ठ पत्रकार जगदीश शर्मा, श्याम पोखरेल लगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *