Categories समाचार

माइत गएकी एक महिलाको शव गँहु खेतमा फेला, हत्या भएको हुनसक्ने अनुमान

Advertisement

वीरगन्ज । धनुषामा माइत गएकी एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीय शुभ देवी मण्डलको हत्या भएको अवस्थामा आज बिहान गहुँ खेतमा शव फेला परेको हो ।

माइत धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टीमा गएकी उनी हिजो साँझ ७ बजेदेखि सम्पर्क विहीन थिइन् ।

Advertisement

खोज तलासको क्रममा उनको हत्या भएको अवस्थामा आज बिहान सवा ९ बजे शव फेला परेको हो । मण्डल माइतमा एकजनाको देहान्तको मृत्युको क्रियाकाण्डमा गएकी थिइन् ।

Advertisement

शरीरको विभिन्न भागमा घाउचोट देखिएकोले उनको हत्या भएको घटनास्थलको प्रकृतिले देखिन्छ । हत्या गरेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनास्थलको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर बोलाइएको जनाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *