वीरगञ्ज । बील बिजकभन्दा बढी सामग्री लोड रहेको एक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका – ८ घण्टाघर नजिकैबाट पर्सा प्रहरीले ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रकलाई बील बिजकभन्दा बढी सामग्री लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ट्रकबाट प्रहरीले अन्दाजी मूल्य ५८ लाख ४६ हजार २४१ रुपैयाँ बराबरको औषधी तथा खुद्रा सामग्रीहरू नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
आइतबार राती पक्राउ गरिएको मालवाहक ट्रकसहित सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आज सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी थापाले बताए ।