Categories समाचार

माँ जगदम्बा मनि ट्रान्सफरका संचालकसहित दुईजना २२ लाख बढी रुपैयाँ सहित पक्राउ

श्याम सरार्फ
वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोबारमा सलंग्न दुई जना व्यक्तिलाई २२ लाख बढी रुपैयाँ सहित पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिनको १ बजे वीरगञ्ज महानगरपालिका वडा नं.६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

बारा कलैया उप-महानगरपालिका वडा नं.२३ बस्ने वर्ष ‍३८ का अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला संकाष्पद देखिएको हुँदा खानतलासी गर्दा उक्त झोलाभित्र लुकाइ छिपाइ राखिएको श्रोत नखुलेको रु. हजार दरका नोट १ हजार ९ सय ५५ थान, रु.५ सय दरका नोट ५ सय थान र रु. सय दरका नोट ७ थान समेत गरी जम्मा नेपाली रु.२२ लाख ५ हजार ७ सय फेला परेको थियो ।

Advertisement

माँ जगदम्बा मनि ट्रान्सफरका संचालक पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष ४३ का अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *