Rato Pana
समाचार

पर्साको हरिहरपुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

वीरगन्ज । पर्साको ग्रामीण भेगमा पनि आगलागी हुदा पाँचवटा घर जलेर नष्ट भएको छ ।

पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँमा आज साझ आगलागी हुदा पाँच वटा फुसको घर र घर नजिकै रहेको ब्रहम बाबाको रुख समेत आगलागीबाट जलेर नष्ट भएको छ ।

योगेन्द्र साहको घरबाट सुरु भएको आगलागी भरत साह कानु, हरिन्द्र साह कानु लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जनाएका छन ।

प्रहरीका अनुसार आगलागी बाट घर ,फर्निचर ,अनाज कपडालता ,गरगहना,गरि २० लाख बराबरको समप्ती जलेर नष्ट भएको छ। आगो कसरी लागेको बारे यकिन नभएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न स्थानियबासी, प्रहरी र पोखरिया नगपालिकाबाट गएको बारुणयन्त्रको सहयोग रहेको थियो ।

आजै महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका हुन ।

सम्वन्धित समाचार

Leave a Comment