Categories पत्रपत्रिका

एक लाख नक्कली सवारी लाईसेन्स प्रकरणका आराेपी हरिस भट्ट सिआईबीको नियन्त्रणमा 

Advertisement

वीरगन्ज । नक्कली सवारी लाईसेन्स प्रकरणमा मुख्य ठानिएका यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिस भट्टलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टलाई पक्राउ गरेको हो । 

भट्ट नक्कली लाईसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन् । नक्कली सवारी लाईसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो । भट्ट यसअघि नक्कली लाईसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भईसकेका व्यक्ति हुन् । तर, उनले पछि अदालतबाट सफाई पाएका थिए । उनी दशकभन्दा बढी समयदेखि विभागमा करारमा कार्यरत छन् । 

Advertisement

विभागको छानविनले एक लाख भन्दा बढी फर्जी लाईसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको थियो । त्यसैमाथि किर्तेमा अनुसन्धान गर्न सीआईबीलाई विभागले पत्राचार गरेको थियो । लामो समयपछि सिआईबीले आरोपितलाई पक्राउ गर्ने तहमा पुगेको हो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानवीन गरिरहेको छ । नयाँ पत्रिकाबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *