Categories समाचार

इप्रका पाेखरियाद्वारा छापा, १७ किलो लागूऔषध चरेशसहित पर्साका बृजेश पक्राउ

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाकाे आधारमा शनिबार विहान २:३० बजेकाे समयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटेकाे प्रहरी टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. –१ टिन्डोबियास्थित बृजेश प्रसाद कुर्मीको घरबाट लागु औषध चरेश बरामद गरेकाे हाे ।

Advertisement

कुर्मीकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ किलो लागू औंषध चरेश फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त लागू औंषध सहित निज कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएकाे छ ।

Advertisement

इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर निज विरुद्ध लागु औषध मुद्दामा प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *