Categories समाचार

तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

चैत ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

Advertisement

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *