Categories समाचार

छिमेकीसंगको रिसिवी साध्न तीन वर्षीया बालिकाको हत्या, आमा छोरी पक्राउ

वीरगन्ज । सिरहामा छिमेकको तीन वर्षीया बालिकाको हत्या आरोपमा आमा छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पुजा कुमारी यादव छन् । सोनावतीकी श्रीमान धनिकलाल यादव भने फरार छन् ।

आमा छोरीलाई रमेश यादवकी ३ वर्षीया छोरी रिया कुमारीको हत्या अरोपमा पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

Advertisement

डिएसपी सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राती साढे ११ बजे रमेशको उत्तरपट्टी रहेको छिमेकी धनिकलाल यादवको घरको छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टा भित्र बालिकाको शव फेला परेको थियो । झङ्टा भित्र कालो रंगको प्लाष्टिकको बोरा भित्र बालिकाको शव थियो ।

Advertisement

अनुसन्धानको क्रममा करिब १ वर्षदेखि छिमेकी रमेश र धनिकलालका परिवारबीच झैझग्डा हुने गरेको थियो । सोही रिसिईवी राखेर धनिक लालका परिवारले रमेशको छोरीलाई मार्ने पूर्व योजना बनाउँदै घर अगाडि बालिका खेलिरहेको अवस्थामा बिस्कुट दिएर ललाई फकाई घर भित्र लगेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *