श्याम सरार्फ वीरगन्ज । महानगर भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिहान सञ्चालन गर्न वीरगन्ज महानगरपालिकाले सूचना जारी गरेको छ ।
अहिले अत्याधिक गर्मी बढेपछि दिउँसोको समयमा पठनपाठनमा कठिनाइ भइरहेकोले आज एक सूचना जारी गर्दै बिहीबारदेखि कक्षा बिहान सञ्चालन गर्न उल्लेख गरिएको छ ।
नगर शिक्षा समितिको सोमबारको निर्णय अनुसार बिहीबारदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन जानकारी गराइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए ।