Categories समाचार

नबिल बैंकको चोरीमा ५ जना पक्राउ, भारतीय गिरोहको हात

Advertisement

वीरगंज । वीरगंजको बसपार्क बाईपासस्थित नबिल बैंकबाट भएको चोरी प्रकरणमा भारतीय गिरोहको संलग्नता रहेको समाचार प्राप्त भएको छ ।

मंगलबार बिहान ४ बजे बैंकको शटर काटेर रु १ करोड ३२ लाख रकम चोरी भएको घटनामा नेपाली र भारतीय संयुक्त अभियुक्तहरुको संलग्नता रहेको पुष्टि भएको छ । घटनाको सन्दर्भमा पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

Advertisement

पर्साका एसपी कुमोध ढुङ्गेलका अनुसार घटनाको १२ घण्टा भित्र रौतहटका दुई जना अभियुक्तलाई पक्राउ गरिएको जनाए । उनीहरुको नाम खुलाइएको छैन ।त्यसैगरी, पर्सा प्रहरीको सहयोगमा भारतबाट पनि करिब नेरु १८ लाख नेपाली रुपैयाँ सहित ३ जना पक्राउ परेका छन् ।

Advertisement

बिहार पुलिस मातहतको पुर्बी चम्पारण मोतिहारीका एसपी कांतेशकुमार मिश्राले पत्रकार सम्मेलन गर्दै वीरगंजको नबिल बैंकबाट भएको चोरी एवं लुटपाटको घटनामा एक जना महिलासहित ३ जना अभियुक्त पक्राउ परेको जनाएका छन् । मोतिहारी पुलिस मातहतको तीन जना डिएसपीहरुको संयुक्त कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको एसपी मिश्राले बताए ।

पक्राउ पर्नेमा पुर्बी चम्पारण जिल्ला झरोखर बस्ने मन्टु कुमार र अर्जुन कुमार रहेका छन् भने उनीहरुलाई सघाउने सोही जिल्लाको दरपा बस्ने सबिता देवी रहेकी छन् । पक्राउ परेका ३ जना मध्ये २ जनालाई मोतिहारी पुलिसले हिजै सार्वजनिक गरि घटना बारे जानकारी गराइसकेको छ भने पर्सा प्रहरीले चाडै पत्रकार सम्मेलन गरि थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

मोतिहारी पुलिस मातहतको पकडीदयालका डिएसपी सुबोध कुमार, सिकराहनाका डिएसपी अशोक कुमार र रक्सौलका डिएसपी धीरेन्द्र कुमारको संयुक्त प्रयासमा पक्राउ परेका तीन जनाको साथबाट एउटा बन्दुक,कार्तुस २ थान, सुनको औंठी,पल्सर मोटरसाइकल,मोबाईल २ थान,सिसिटिभि क्यामेरा २ थान र फुटेज र नेरु १८ लाख २३ हजार २ सय बरामद भएको छ ।

औंठी र मोटरसाइकल चोरीको पैसाबाट खरिद गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरुको बिहारको ढाका र चिरैयास्थित इलेक्ट्रोनिक र हार्डवेयर पसलमा भएको लुटपाट भए वीरगंजका एक जना हुन्डी व्यवसायीको ४० लाख रकम चोरीको घटनामासमेत संलग्नता रहेको सोधपुछबाट पत्ता लागेको छ ।

बिहारमा अहिले लोकसभा चुनावको कारण कडा निगरानी गरिएको छ । पर्सा प्रहरीले पक्राउ गरेको अभियुक्तबाट कति रकम र के समान बरामद गरेको छ,उक्त कुरा पत्रकार सम्मेलनमार्फत जानकारि दिनेछ । घण्टाघरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *