Categories स्वास्थ्य

श्रीराम हस्पिटलको आयोजनामा ६० जनाले गरे रक्तदान

वीरगन्ज। वीरगन्जमा एक हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन्। वीर्तामा स्थित रहेको श्रीराम हस्पिटलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अस्पतालकी प्रबन्ध निर्देशक डा.दिप्ती यादवको अध्यक्षतामा अस्पताल परिसरमै आयोजित रक्तदान कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

Advertisement

गर्मीमा रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको र त्यसैलाई मध्यनजर गरेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको डा यादवले जानकारी दिइन् । उनका अनुसार रगत दान गरेकाहरुलाई विभिन्न प्रजातिको विरुवा वितरणपनि गरिएको थियो ।

Advertisement

सो आवसरमा पुर्व प्रदेश सभा सदस्य भीमा यादव, प्रहरी निरीक्षक पुष्कर बोगटी,बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर श्यामसुन्दर यादव,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं, डाक्टर रामप्रसाद यादव लगायतकोपनि उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *