Categories रासस

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति; पर्सामा मात्रै रु पाँच करोड ७२ लाख बराबरको सम्पत्ति जलेर नष्ट

Advertisement

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ ।  

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ ।  प्राप्त विवरणमा धनुषामा रु आठ करोड ४९ लाख, महोत्तरीमा रु चार करोड १४ लाख, सर्लाहीमा रु चार करोड ४१ लाख, सप्तरीमा रु पाँच करोड ४१ लाख, सिरहामा रु आठ करोड ४९ लाख, रौतहटमा रु चार करोड ९८ लाख, बारामा रु चार करोड १७ लाख र पर्सामा रु पाँच करोड ७२ लाख मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ ।

Advertisement

 मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय छ आगलागीका घटना भएको विवरणमा जनाइएको छ ।  यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *