Categories समाचार

अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेको बेला फुट्यो जसपा, ७ सांसदले छोडे साथ

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।

Advertisement

जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद छन् ।

Advertisement

अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नरहेको र सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर गरेपछि जसपा फुटाएर छुट्टै दल दर्ताका लागि आयोगमा निवेदन दिएको जनाइएको छ । हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *